site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन सर्जकलाई भैरव पुरस्कार प्रदान 

काठमाडौं । भैरव पुरस्कार गुठीले नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार तीन स्रष्टालाई प्रदान गरेको छ ।

गुठीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा २०८१ सालको ‘भैरव पुरस्कार’ हास्यव्यंग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरियो । उनलाई नगद राशि एक लाख ११ हजार १११ रुपैयाँसहितको पुरस्कार प्रदान गरिएको हो ।

यस्तै, ‘भैरव वाङ्मय पुरस्कार’ भाषासेवी एवं कोशकार चूडामणि गौतमलाई प्रदान गरियो । उनलाई एक लाख एक हजार १११ रुपैयाँसहितको पुरस्कार प्रदान गरिएको हो ।

५१ हजार १११ रुपैयाँ नगद राशिसहितको ‘भैरव प्रतिभा पुरस्कार’ अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरियो ।

कार्यक्रममा साहित्यकार विजय चालिसेले भैरव अर्याल नेपाली हास्यव्यंग्य साहित्यको ‘महारथी’ भएको बताए ।

गुठीका अध्यक्ष समेत रहेका अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेले गुठीले हास्यव्यंग्यका क्षेत्रमा योगदान गर्ने स्रष्टाबाहेक समग्र नेपाली साहित्य र कलाको उत्थानमा क्रियाशील व्यक्तिलाई पुरस्कृत गर्दै आएको जानकारी दिए ।

उक्त अवसरमा साहित्यकार स्व. रमेश विकलको व्यंग्य रचनामा आधारित कृति ‘अब अगाडि बढ्नु छ, अझ अगाडि’को दोस्रो संस्करण सार्वजनिक समेत गरियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro