site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा कति गर्‍यो ग्रस कलेक्सन ?

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा दुई करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्र घटस्थापनाको दिन (असोज १७ गते) बिहीबार रिलिज गरिएको थियो ।

चलचित्रले पहिलो दिन बिहीबार ८० लाख कमाएको थियो । दोस्रो दिन शुक्रबार ५५ लाख आम्दानी गरेको थियो । तेस्रो दिन शनिबार ९० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक अशोक शर्माले बाह्रखरीलाई जानकारी दिए ।

उनका अनुसार, बिदाका दिनमा हलमा दर्शकको अकुपेन्सी ८० देखि ९० प्रतिशत छ । बिदाबाहेकका दिनमा ७० देखि ७५ प्रतिशत अकुपेन्सी रहेको उनले बताए ।

‘बेहुली फ्रम मेघौली’ले देशभर ३३५ भन्दा धेरै शो पाएको थियो । नेपालमा यति धेरै शो पाउने यो पहिलो चलचित्र हो । 

चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका छ । चलचित्र सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन् । 

चलचित्रमा वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायत कलाकारको पनि अभिनय छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro