site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक ०.९९ प्रतिशतले घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यसदिन नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ६ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार भने सात अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन वटा कम्पनी मोदी इनर्जी, पिपुल्स हाइड्रोपावर कम्पनी र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य स्थिर छ ।

थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर ८८३ रुपैयाँ ३० पैसा कायम भएको नेप्सेले जनाएको छ । विन नेपाल लघुवित्त वित्तीय सेयर मूल्य भने १० प्रतिशतले घटेर तीन हजार १५० रुपैयाँ कायम भएको छ ।

नेपाल फाइनान्सको सेयर कारोबार सर्वाधिक मूल्यको भएको छ । यो कम्पनीको २० करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । यो समूहको परिसूचक १.७५ प्रतिशतले वृद्धि भएको छ । बाँकी १२ समूहको परिसूचक घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro