site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन चाँडै कार्यान्वयन गरोस् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तीन महिना १५ दिनमा महत्त्वपूर्ण काम गरेको बताएका छन् । 

बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा समितिलाई धन्यवाद दिँदै सभामुख घिमिरेले यो व्यक्ति वा घटनाविशेष मात्र हैन नभई समग्र सहकारी क्षेत्रको विषयमा भएको समस्या पहिल्याउन महत्त्वपूर्ण प्रतिवेदन रहेको बताए । 

“एउटा ऐतिहासिक महत्त्व राख्ने प्रतिवेदन छ” उनले भने, “सरकारले प्रतिवेदन चाँडै कार्यान्वयन गरोस् । यसलाई कार्यान्वयन गरेर सहकारी क्षेत्रमा देखिएको समस्या समाधान होस् ।”

अबको दायित्व भनेको प्रतिवेदनको कार्यान्वयन भएर संसद्ले दिएको निर्देशन र समस्या हल गर्न प्रतिनिधिसभासक्षम रहेको पनि उल्लेख गरे । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro