site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले एक वर्षमा गाजामा गर्‍यो १७ हजार महिला तथा बालबालिकाको हत्या

काठमाडौं । अक्सफामले गरेको नयाँ अध्ययनले बितेको दुई दशकमा विश्वमा भएका युद्धहरूमा इजरायली सेनाले एकै वर्ष सबैभन्दा बढी बालबालिका तथा महिला मारेको देखाएको छ । इजरायली सेनाले पछिल्लो १२ महिनामा गाजामा घेराबन्दी र बमबारी गरी ठूलो संख्यामा बालबालिका तथा महिला मारेको अध्ययनको दाबी छ ।

अक्सफामका अनुसार, पछिल्लो एक वर्षमा इजरायलले हमासविरुद्धको युद्धको नाममा गााजमा ११ हजार बालबालिका र ६ हजार भन्दा बढी महिलाको मारेको छ । यसअघि, सन् २००४ देखि २०२१ सम्म भएका युद्धमध्ये सन् २०१६ मा एकैवर्ष इराकमा दुई हजार ६०० महिला मारिएका थिए । 

Dabur Nepal
NIC Asia

यसअघि, सिरिया युद्धको पहिलो ३० महिनामा ११ हजारभन्दा बढी बालाबालिका मारिएका थिए । सिरिया युद्धमा एक वर्षमा औसत चार हजार ७०० भन्दा बढीको मृत्यु भएको थियो । 

विगत १८ वर्षमा बालबालिका र सशस्त्र द्वन्द्वसम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदनले १२ महिनामा अन्य कुनै पनि द्वन्द्वले यति ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको देखाएको छैन । "यी चकित पार्ने तथ्यांकहरू डरलाग्दो र हृदयविदारक छन्," अक्सफ्यामको मध्यपूर्व र उत्तर अफ्रिका निर्देशक सेली अबी खलिलले भनेकी छन् ।  

अन्तर्राष्ट्रिय प्रभावशाली नेताहरू इजरायललाई उत्तरदायी बनान असफल भएको आरोप उनले लगाएकी छन् । नि:सर्त इजरायललाई हतियारको आपूर्ति जारी राखेर उनीहरू अत्याचारमा पनि संलग्न भएको उनले बताएकी छन् ।

अलजजिराबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro