site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरियाको गोलमा रियालविरुद्ध हारबाट जोगियो एट्लेटिको 

काठमाडौं । एन्जल कोरियाले इन्ज्युरी समयमा गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले रियाल मड्रिडविरुद्ध हार टारेको छ । आइतबार राति सिभिटास मेट्रोपोलिटानोमा कोरियाले इन्ज्युरी समयको छैटौँ मिनेटमा गोल गरेपछि एट्लेटिकोले १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६४औँ मिनेटमा इडर मिलिटाओले गोल गर्दा घरेलु टिमविरुद्ध रियालले अग्रता बनाएको थियो । तर, इन्ज्युरी समयमा कोरियाले गोल गर्दै घरेलु टिमको हार टारे ।

इन्जुरी समयकै अन्तिम मिनेटमा मार्कोस लोरेन्टेले रातो कार्डको दर्शन गर्दै मैदान छोडेपछि एट्लेटिकोले १० खेलाडीमा खेलको अन्त्य गरेको थियो ।

बराबरीमा रोकिँदा रियालले लिग लिडर बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर खेर फालेको छ । रियाल आठ खेलबाट १८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट २१ अंकको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट १६ अंकको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro