राजनीति
काठमाडौं । सर्वाेच्च अदालतले 'सिधा कुरा' अनलाइनबाट प्रसारित सामग्रीबाट अदालतको मानहानि भएको ठहर गरेको छ ।
सर्वोच्चको वृहत्पूर्ण इजलासले आइतबार अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई ६ महिना र सिधा कुराका युवराज कँडेल र नवीन ढुंगानालाई तीन महिना कैद सजाय सुनाएको छ ।
कँडेल र ढुंगानाले लिखितरूपमा अदालतसमक्ष माफी मागे सात दिनमात्रै कैद बसे पुग्ने छ ।
यसैगरी, सिधा कुरा अनलाइनलाई पाँच हजार जरिवाना तोकिएको छ । अनलाइनले लिखितरूपमा माफी मागे जरिवाना पनि माफी हुने छ ।
हेर्नुहोस् पूर्णपाठ
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ २०:०३
प्रतिक्रिया दिनुहोस्