site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीमा कांग्रेस–एमाले सरकारबीच ५९ बुँदे साझा संकल्प
SkywellSkywell

पोखरा । गण्डकी प्रदेशमा गएको भदौ १७ गते नेकपा (एमाले) सरकारमा सामेल भयो । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमको झन्डै दुई महिनापछि मन्त्रालय फुटाएर नौ बनाइएको थियो । चार मन्त्रालय लिएर एमाले सरकारमा सामेल भएको हो ।

सरकारमा सामेल भइसकेपछि सत्तासाझेदार दलले आइतबार आफ्नो साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस–एमालेबीच सरकार बनाउँदाका सहमति सार्वजनिक गरिनुपर्ने भनेर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशसभामा नै जवाफ मागेका थिए ।

सार्वजनिक संकल्पका अधिकांश बुँदाहरू नीति तथा कार्यक्रमबाटै तानिएका छन् । ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ नारालाई एमालेले पनि स्वीकार गरेको छ । जबकि, एमाले सरकारमा हुँदा उसले ‘समुन्नत’को सट्टा ‘समृद्धि’ शब्द प्रयोग गर्ने गरेको थियो ।

Dabur Nepal
NIC Asia

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, एमाले संसदीय दलका नेता खगराज अधिकारी र दुई दलका प्रमुख सचेतक उपस्थित कार्यक्रममा सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. टकराज गुरुङले साझा संकल्प वाचन गरे । संयुक्त सरकारले गाँजा खेती र स्थानीय मदिरालाई वैधता दिन आवश्यक कानुन बनाउने भएको छ ।

“औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन गर्ने प्रयोजनका लागि गाँजा खेतीको आवश्यक कानुनी व्यवस्था गरी कार्यान्वयन गरिनेछ । साथै, स्थानीय मदिराको ब्रान्डिङलाई कानुनतः व्यवस्थित गरिनेछ,” मन्त्री गुरुङले भने ।

निरोगी प्रदेशको अवधारणा, एक घर, एक धारा, एयर लिफ्टिङ, पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश, पहिला घरदेश अनि परदेशलगायत कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रादेशिक पर्यटन गुरुयोजना तयार गर्ने, ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ भन्ने कार्यक्रममार्फत पर्यटन पूर्वाधारमा जोड दिइने साझा संकल्पमा उल्लेख छ ।

संयुक्त सरकारले आयोजना छनोट तथा अनुगमनको जिम्मा सांसदलाई दिने योजना बनाएको छ । त्यसका निम्ति स्थानीय तहका जनप्रतिनिधिलाई समेटेर समिति बनाउन आवश्यक कार्यविधि ल्याउने संकल्प सरकारको छ ।

प्रदेश निर्वाचन क्षेत्रका आयोजना छनोट तथा अनुगमन गर्न निर्वाचित प्रदेशसभा सदस्यको संयोजकत्वमा अरू प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख, स्थानीय तहका प्रमुख वा उपप्रमुख र प्रदेश सरकारका सम्बन्धित कार्यालय प्रमुख रहेको निर्वाचन क्षेत्रस्तरीय आयोजना छनोट तथा अनुगमन समिति बनाउन आवश्यक कार्यविधि बनाउने योजना बनाइएको छ ।

पोखरालाई आईटी हबका रूपमा विकास गरी रोजगारी सिर्जना तथा निर्यात व्यापारको माध्यम बनाइने उल्लेख छ । वनक्षेत्रलाई आम्दानीमा जोडिनेछ । त्यसबाट प्रदेशको आम्दानी बढाउने सरकारको योजना छ ।

प्रदेशले पाउनुपर्ने तर नपाएको कानुनी, वित्तीय र प्रशासनिक अधिकार प्राप्तिका निम्ति संघीय सरकारसँग आवश्यक समन्वय र सार्थक पहल गरिने साझा संकल्पमा उल्लेख छ ।

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, व्यवसायीमैत्री वातावरण बनाउन कानुनी सुधार, सार्वजनिक सेवालाई ‘क्यासलेस’ र ‘पेपरलेस’ बनाउने, घरेलु मदिरालाई कानुनी व्यवस्था दिने, छिमेकी राष्ट्रसँगको सीमानाका सुरु गर्न पहल गर्ने सरकारको संकल्प छ ।

साझा संकल्पको पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro