site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्धारको पर्खाइमा गुरुकुलका ३३ जना
मनोहराखोलामा आएको बाढीले शनिबार डुबानमा परेको काठमाडौंको कोटेश्वर, बालकुमारीस्थित राधाकृष्ण मन्दिर । तस्बिर : किरणराज बिष्ट/रासस ।

सिन्धुली । सुनकोसी गाउँपालिका–१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जना नदीको बीचमा फसेका छन् । गुरुकुलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुईजना मन्दिरका पुजारी शुक्रबार रातिदेखि बाढीमा फसेका हुन् ।

सुनकोसी नदीमा जलसतह बढेर मन्दिरसम्म पुगेर रोशीखोलाले मन्दिरको दुवैतर्फबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरुकुलका शिक्षक नारायण घिमिरेले बताए । बिहीबारदेखि परेको अविरल वर्षासँगै सुनकोसी र रोशीमा आएको बाढीले मन्दिरको चारैतिर च्यापेपछि सुरक्षित स्थानमा जान नसकिएको उनले उल्लेख गरे ।

“अहिले हामी गुरुकुलको माथिल्लो तलामा छौँ । कतैबाट उद्धारको पहल भएको छैन,” उनले भने ।

विपद् व्यवस्थापनका सबै संयन्त्रमा खबर गरिए पनि हालसम्म उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताए । “हामी उहाँहरूको उद्धारका लागि प्रयास गरिरहेका छौँ । गए राति पर्ख र हेर भन्नेबाहेक कुनै विकल्पले काम गरेन,” उनले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द काफ्लेले मन्दिर परिसरमा बाढीमा फसेका ३३ जनालाई उद्धार गर्न स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले शुक्रबारदेखि पहल गरिरहेको जानकारी दिए ।

“यहाँबाट उद्धारमा खटिएको टोलीले उहाँहरूको अहिलेसम्म उद्धार गर्न सकेको छैन । काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर झिकाउने पहल भइरहेको छ,” उनले भने, “अहिले मौसम प्रतिकूल भएकाले हेलिकोप्टर पनि आउन सकेको छैन । मौसम अनुकूल हुनेबित्तिकै हेलिकोप्टर उडानमार्फत उद्धार हुन्छ ।”

रोशी र सुनकोसी नदीमा आएको बाढीले सुनकोसी गाउँपालिका–५, मुल्कोट, रगोलञ्जोर गाउँपालिका–७, खुर्कोट बजार डुबानमा परेको छ । साथै, दुम्जाका पाँच घर बगाएको छ । दुम्जा र नेपालथोक बीचमा १०० मिटर बीपी राजमार्ग बाढीले बगाएपछि शुक्रबारदेखि आवतजावत बन्द भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।

सुनकोसी, कमला र वाग्मती नदी खतराको तह पार भएको छ । अविरल वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै नदीतटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro