देश
काठमाडौं । ललितपुरको गोदावरी जाने सडकमा माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको छ ।
दुई दिनदेखि लगातार परेको वर्षाले देशैभरको जनजीवन प्रभावित पारेको छ ।
गोदावरी जाने सडकको हात्तीवनमा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । माथिबाट खसेको पहिरोले सडकमा रहेको बिजुलीको पोल पनि ढालिदिएको छ । अहिले सडक खुलाउने प्रयास भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ ०९:४९
प्रतिक्रिया दिनुहोस्