site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अधिकांश नदीमा जलसतह खतराको तहभन्दा माथि, अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन आग्रह 
फाइल तस्बिर ।

काठमाडौं । अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराको तहनजिक रहेको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोसी, सुनकोसी, वाग्मती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको तहनजिक रहेको उल्लेख छ ।

विभागका अनुसार, सुनकोसी र वाग्मती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको छ । अरुण, दूधकोसी, नारायणी, तिनाउ र वाणगङ्गा सबैमा सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको छ । 

अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । 

विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro