site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिशूलीले थप एउटा टिपर र दुई स्काभेटर बगायो
फाइल तस्बिर ।

काठमाडौं । त्रिशूली नदीले थप एउटा टिपर र दुईवटा स्काभेटर बगाएको छ । अविरल वर्षाका कारण बढेको नदीको बहाबले शुक्रबार राति १० बजेतिर टिपर र स्काभेटरलाई बगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसअघि, शुक्रबार साँझ ७:१५ बजेतिर त्रिशूलीले दुईवटा टिपर बगाएको थियो । फेरि राति १०:१० बजेतिर नदीले थप एउटा टिपर र दुईवटा स्काभेटर बगाएको हो ।

नदीले चितवनको इच्छाकामना गाउँपालिका–३ र गोरखाको गण्डकी गाउँपालिका–१ को सिमानामा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरको निर्माणमा प्रयोग भइरहेका टिपर र स्काभेटर बगाएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro