site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बेहुली फ्रम मेघौली’ : बेहुली हुँदाको कथा लेखे पुरस्कार जित्ने अवसर

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्माणपक्षले आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको छ । बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर ल्याइएको निर्माणपक्षले बताएको छ । 

“तपाईंहरूले आफू बेहुली हुँदाको कथा लेखेर हामीलाई पठाएर आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ,” ‘बेहुली फ्रम मेघौली’की नायिका तथा निर्मात्रा स्वस्तिमा खड्काले भनेकी छन् । 

Dabur Nepal
NIC Asia

आफू बेहुली हुँदाको अनुभव तीन सय शब्दमा लेखेर निर्माणपक्षलाई पठाउनुपर्नेछ । कथा÷अनुभव असोज १० गतेदेखि पठाउन सकिने स्वस्तिमाले बताएकी छन् । 

“उत्कृष्ट अनुभवसहितको कथा लेख्ने लेखकलाई हाम्रो चलचित्र बेहुली फ्रम मेघौलीको प्रिमियरमा निमन्त्रणा गरिनेछ । साथै चलचित्रको दुईवटा टिकट पनि प्रदान गरिनेछ,” उनले भनेकी छन्, “यो सुनौलो अवसरको फाइदा उठाइहाल्नुहोस् ।” 

‘बेहुली फ्रम मेघौली’ असोज १७ गते रिलिज हुँदै छ । चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro