site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘अमेरिकामा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको होइन’

अमेरिका । संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन आएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार न्यूयोर्कस्थित नेपाली समुदायका संघसंस्थाले राखेको कार्यक्रममा सहभागी भएनन् । सुरक्षा र व्यस्तताका कारणले प्रधानमन्त्री उक्त कार्यक्रममा उपस्थित नभएका होइनन् । यसबाहेक आयोजकले तय गरेको कार्यक्रमस्थल पनि उपयुक्त थिएन ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई उक्त कार्यक्रममा कालोझण्डा देखाउने र जुत्ताको माला लगाइएको हल्ला फैलिएको छ । यो सही होइन । उक्त कार्यक्रममा प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले केही घण्टा पहिले नै नआउने जानकारी दिइसकेका थिए ।

प्रधानमन्त्री नेपाली संघसंस्थाले आयोजना गरेको कार्यक्रमको केहीअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा व्यस्त थिए । उक्त भेटका लागि ३० मिनेटको समय तय भए पनि केही लम्बिएको थियो । प्रधानमन्त्री ओली र मोदीबीच करिब ४५ मिनेट भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीलाई सोमबार साँझ गरिएको भेटमा राष्ट्रसंघमा मन्तव्यलगायत विभिन्न भेटघाटमा व्यस्त रहेकाले पनि केही थकित देखिएका थिए । तर, उनी हँसिलो मुद्रामा थिए । त्यसलगत्तै प्रसिद्ध कोलम्बिया युनिभर्सिटीले आयोजना गरेको कार्यक्रममा पुगेका थिए । त्यहाँ अध्ययनरत एक विद्यार्थीले नेपाल भारत र चीनजस्ता ठूलो तर, विपरीत राजनीतिक व्यवस्था भएका देशमा रहेकाले सम्बन्ध कसरी सन्तुलनमा राखेको छ भन्ने प्रश्न राखेका थिए ।

नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा अमेरिकाको टेक्सस, क्यालिफोर्नियालगायत थुप्रै राज्यबाट नेपालीहरु आएका थिए । टेक्सस र क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीले आफ्नो स्थानमा कन्सुलेट अफिस माग गर्न आएका थिए । प्रधानमन्त्रीले क्यालिफोर्नियामा कन्सुलेट अफिस राख्ने आश्वासन दिएका छन् ।

तोकिएको कार्यक्रममा सहभागी हुन थुप्रै नेपाली आइसकेका थिए । तर, प्रधानमन्त्री र परराष्ट्रमन्त्री नआएपछि केही निराश भएका थिए ।

प्रधानमन्त्री नेपाली समुदायको कार्यक्रममा किन गएनन् ? यसका केही कारण छन् । पहिलो प्रधानमन्त्री दुई पक्षीय भेटघाटमा निकै व्यस्त थिए । भारतका प्रधानमन्त्री मोदीसँगको भेटले तोकिएको भन्दा बढी समय लिएको थियो । दोस्रो नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कारण पनि हो । रविले फेसबुकमा प्रधानमन्त्रीलाई न्युयोर्कबाट आँखा नसन्काउन भन्दै स्ट्याट्स लेखेका थिए । तेस्रो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका लागि तय गरिएको कार्यक्रमस्थल विभिन्न कारणले उपयुक्त थिएन ।

टेक्ससबाट एक दर्जनभन्दा बढी नेपाली कन्सुलेट जनरल चाहियो भन्ने माग लिएर न्युयोर्क आएका थिए । प्रधानमन्त्रीलाई भेट्न नपाएकोमा उनीहरुले गुनासो गरिरहेका थिए । दुई मिनेट पनि समय पाइएन भन्ने उनीहरुको गुनासो थियो ।

अमेरिकाबाट सुरू भएको नागरिकता खोई अभियानले प्रधानमन्त्री र सरकारका अन्य पदाधिकारीलाई स्वागत गर्न अनुरोध गरेको थियो । यसका संयोजक बासु घिमिरेले भने, "हामी नेपालका प्रधानमन्त्रीको सम्मानमा कुनै आँच आउने कुनै पनि कार्य गर्न हुँदैन भन्ने मान्यता राख्छौँ । हाम्रो माग नेपाली नागरिकताको निरन्तरता होस् भन्ने हो । यसलाई सकरात्मकरुपमा लिइदिनुभयो भने हामी भव्य स्वागत गर्छौँ सहयोग र समर्थन पनि रहन्छ ।"

"कालो झण्डा देखाउने र जुत्ताको मालाजस्ता गतिविधि हामी कहिले पनि गर्दैनौँ," घिमिरेले भने,"यस्तो भएको पनि छैन हामी सभ्यरुपमा प्रधानमन्त्री र नेपाल सरकारलाई नागरिकता निरन्तरताका लागि अनुरोध गरिरहन्छौँ ।"

मुखमा कालो पट्टी राखेर प्रश्न

प्रधानमन्त्री ओलीलाई कोलम्बिया युर्निभर्सिटीमा आयोजित कार्यक्रमा मुखमा पट्टी लगाएर प्रश्न सोधेका थिए । नेपालले इजरायल र प्लालिस्टाइन संकटका बारेमा राष्ट्रसंघमा भोट हुँदा नेपाल तटस्थ रहेको थियो । ती विद्यार्थीले त्यसमा गुनासो गरेका थिए ।

कोलम्बियामा भएको कार्यक्रममा भारतका एक विद्यार्थीले प्रधानमन्त्री मोदीको बारेमा आफ्नो धारणा बताउँदै हाम्रो प्रधानमन्त्रीसँग के कुरा भयो भन्ने प्रश्न राखेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro