site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीमात्रै भएर हुने रैनछ : प्रचण्ड 

काठमाडौं । नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीमात्रै भएर काम गर्न नसकिने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको 'प्रधानमन्त्री बन्दा काम गर्न के ले रोक्यो ?' भन्ने प्रश्नको जवाफमा उनले त्यस्तो टिप्पणी गरेका हुन् ।

“प्रधानमन्त्री मात्रै भएर हुने रैन छ । प्रधानमन्त्री भएर सबै कुरा गर्न सकिने भए त कति धेरै गर्न मन लागेको थियो नि, अलिअलि गर्दा त सुख पाइएन,” प्रचण्डले भने, “योभन्दा बढी गरेको भए त १८ महिना होइन, १८ दिनमा नै छोड्नुपर्थ्यो ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राजनीतिक दलका प्रभावशाली नेताहरूले नै संघीयता मन नपराएको आरोप उनको छ ।

“केही राजनीतिक दल र नेतृत्वमा भएका शक्तिशाली नेताहरू नै समावेशिता, समानुपातिक, संघीयताभित्रैबाट मन पराउनुहुन्न । संविधान बनाउने बेलाका बैठकमा भन्नुहुथ्यो, माओवादीले के आँधिहुरी ल्याइदियो, मन त परेको छैन मान्नै पर्‍यो,” उनले सुनाए । 

उनले संविधान कार्यान्वयन सकेसम्म गर्न नदिने अवस्था रहेको पनि बताए । प्रहरी समायोजन ऐन कार्यान्वयन गर्न भनेर पटक–पटक भन्दा गर्छौं भनेर टार्ने गरेको उनको आरोप छ । उनले प्रहरी प्रदेशलाई दिन नचाहने मनस्थितिका कारण गृहमन्त्री र प्रधानमन्त्रीले बल गर्दा कार्यान्वयन हुन नसकेको बताए ।

प्रचण्डले संविधान संशोधनको विषय उठाउँदा शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापन र बाँकी रहेका कामलाई गम्भीर ढंगले हेर्नुपर्ने बताए । प्रचण्डले कांग्रेस र एमालेबीचको सहमति संविधान संशोधनका लागि नभएको पनि जिकिर गरे । सरकारबाट आफूलाई हटाउन संविधान संशोधनको कथा बनाएको आरोप उनको छ ।

उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको सहमतिको हस्ताक्षर सार्वजनिक नहुनुमा आशंका व्यक्त गरे ।

“चारैतिरबाट के गर्‍यौँ भनेपछि सार्वजनिक त गर्नुभयो, त्यो पनि हो कि होइन । हस्ताक्षर चाहिँ देखिएको छैन । प्रधानमन्त्रीजीले पढेर त सुनाउनुभयो, सक्कली हो कि नक्कली भन्ने शंका छ,” प्रचण्डले भने ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro