site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियालाई 

काठमाडौं । फिफा महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ । आइतबार राति भएको फाइनलमा जापानविरुद्ध १–० को जित निकाल्दै उत्तर कोरियाले तेस्रोपटक यू–२० विश्वकपको उपाधि चुमेको हो । 

कोलम्बियामा भएको प्रतियोगिताको फाइनलमा उत्तर कोरियाकी फरवार्ड चोइ सनले निर्णायक गोल गरिन् । फाइनलको गोलसँगै सन कुल ६ गोलसहित प्रतियोगिताकै उच्च गोलकर्ता समेत बनिन् । 

यसअघि गत मार्चमा भएको एएफसी यू–२० एसियन कपको फाइनलमा पनि उत्तर कोरियाले जापानलाई नै फाइनलमा हराएर उपाधि जितेको थियो । युवा विश्वकपमा उत्तर कोरियाले शतप्रतिशत जितसहित उपाधि उचालेको हो । 

यू–२० विश्वकपको इतिहासमा उत्तर कोरियासँगै अमेरिका र जर्मनीले समान तीनपटक उपाधि जितेका छन् । फाइनलअघि अन्तिम–४ को खेलमा उत्तर कोरियाले चिर–प्रतिद्वन्द्वी अमेरिकालाई १–० ले नै हराएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro