site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

भौगोलिक अवस्थाका कारण नेपालको दुर्गम पहाडी र हिमाली भेगमा नेपालमा सडक यातायात सञ्जाल विस्तार गर्न सजिलो छैन । यस्तोमा विकल्प हवाई यातायातको सुविधा विस्तार गर्नु नै हो । यद्यपि, हवाई यातायात औसत नेपालीको आर्थिक हैसियतका तुलनामा निकै महँगो विकल्प हो । 

हुनत, हवाई यातायातको पहिलो पूर्वाधार विमानस्थल निर्माण पनि महँगै हुन्छ । त्यसमा पनि पातलो जनसङ्ख्या र भूअवस्थितिका कारण विमानस्थल निर्माण पनि सितिमिति प्राविधिक र व्यावसायिक दृष्टिमा सभाव्य हुँदैन । यस्तै, अहिले विमानस्थल भएकै कतिपय स्थानमा समेत नियमित विमान सेवा सञ्चालन व्यावसायिकरूपमा लाभदायी हुँदैन ।

Dabur Nepal
NIC Asia

यस्तो अप्ठेरो अवस्थामा रहेका जनसङ्ख्यालाई हेलिकप्टरको चार्टर्ड सेवा महँगो भए पनि सजिलो विकल्प हुनसक्थो । तर, त्यसमा रहेको प्रशासनिक झन्झटले गर्दा सत्तामा पहुँच नहुनेहरूका लागि हेलिकप्टर चार्टर गर्नु आकाशको फल हुनपुगेको छ । यसैले गोरखाको चुमनुब्री-१ मा शुक्रवार भेला भएका स्थानीयहरूले हेलिकप्टर चार्टर गर्ने प्रक्रिया सहज गराउन सरकारसँग माग गरेका हुनुपर्छ ।

पहिलो त दुर्गममा हेलिकप्टर सेवा प्रयोग गर्न प्रशासिक अनुमति अनिवार्य गर्नु नै अन्याय हो । त्यसमाथि बिरामी, सुत्केरीलगायत हवाई सेवा अत्यावश्यक परेकाहरूका लागि सरकारका विभिन्न निकायबाट स्वीकृति लिनुपर्ने व्यवस्थाले हेलिकप्टर चार्टर गर्नै असम्भव प्रायः देखिन्छ । दुर्गममा रहेको कुनै व्यक्तिलाई तत्काल राजधानी वा अन्य सहर पुग्नुपर्दा हेलिकप्टर चार्टरको अनुमति लिनै साताभन्दा बढी लाग्ने गुनासो स्थानीय बासिन्दाको छ ।

सरकार जनताप्रति उत्तरदायी हुँदो हो त दुर्गमका बासिन्दालाई यातायात सेवा उपलब्ध गराउन सबै विकल्पमा ध्यान दिनेथियो । बिरामीलाई अस्पताल लैजान हेलिकप्टर आवश्यक सरकारले स्वयं नै व्यवस्था गर्थ्यो । अरू अवस्थामा पनि सडक यातायात नभएका ठाउँका बासिन्दाका लागि सहुलियतमा हेलिकप्टर सेवा उपलब्ध हुने प्रबन्ध मिलाउँथ्यो । यस्तो प्रबन्ध भए स्थानीय नेपालीका साथै बिरामी पर्यटकहरूलाई पनि सुविधा हुन्छ । 

शासन पद्धतिमा राजनीतिक छलाङ मारे पनि प्रशासनयन्त्रमा रहेको सङ्कीर्ण पुरातनपन्थी सोचका कारण कुनै पनि निर्णयमा जनताको हित र सजिलोभन्दा कर्मचारीको सुविधा निर्णायक हुनेगरेको छ । नागरिकलाई सडकबाट वा व्यावसायिक हवाई सेवाबाट यात्रा गर्न अनुमति चाहिँदैन भने हेलिकप्टरको चार्टर्ड उडानको सेवा लिन अनुमतिको झन्झट लगाउनु भेदभावमूलक व्यवहार हो ।  

हवाई सुरक्षाका लागि अरू व्यावसायिक उडानमा जस्तै सम्बन्धित सेवा प्रदायकलाई नै जिम्मेवार बनाएर हेलिकप्टर कम्पनीहरूलाई दुर्गम जिल्लाहरूमा चार्टर सेवा सहजरूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारले अप्ठेरो मान्नुपर्ने कुनै कारण देखिँदैन । यसैले मूलतः हिमाली भेगका नागरिकलाई मात्र सकसमा पार्ने यस्ता भेदभावपूर्ण अनुदार नियमहरू खारेज गरी स्थानीय सरकारलाई नै हेलिकप्टर उडानको अनुमति दिने अधिकार दिइयोस् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu