site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अलजजिरा कार्यालयमा इजरायली सैनिकको छापा 

काठमाडौं । इजरायली सैनिकले समाचार संस्था अलजजिराको इजरालयस्थित वेष्ट बैंकमा रहेको कार्यालयमा छापा हानेको छ । 

हातहतियारसहित अलजजिराको कार्यालयमा छिरेका इजरायली सैनिकले ४५ दिनभित्र वेष्ट बैंकमा रहेको कार्यालय बन्द गर्न निर्देशन दिएको छ । वेष्ट बैंकस्थित अलजजिराका ‘ब्युरो चिफ’ वालिद अल ओमारीका अनुसार इजरायली सेनाले अलजजिरामाथि आतंकवादलाई प्रोत्साहन र सहयोग गरेको आरोप लगाएको छ । 

कार्यालयमा इजरायली सैनिकले अश्रुग्याँस समेत प्रहार गरेका छन् । सैनिकहरूले कार्यालयभित्र छिर्ने बेला अश्रुग्याँस सेल पड्काएको र क्यामेरा चलाउन प्रतिबन्ध लगाएको अलजजिराले लेखेको छ । 

एक महिनाअगाडि इजरायलले अलजजिरालाई इजरायलभित्र समाचार संकलनमा प्रतिबन्ध लगाएको थियो । कार्यालयमा छापा हान्नु र आफूहरूलाई इजराययल भित्रबाट समाचार संकलनमा प्रतिबन्ध लगाउनुलाई सत्य मेटाउने प्रयासका रूपमा अथ्र्याएका छन् । अलजजिराका वेष्ट बैंक ब्युरो चिफले भने, “पत्रकारलाई टार्गेट गर्नुको उदेश्य सत्य मेटाउनु हो, मान्छेहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।” 

हमास–इजरायल युद्ध सुरु भएदेखि १७३ पत्रकार मारिएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro