site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘इयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिप’ असोज ११ र १२ मा 

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन (इयूसेबोन)ले असोज ११ र १२ गते ‘इयूसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पियनसिप २०२४’ प्रतियोगिता आयोजना गर्ने भएको छ । 

‘वन ट्रफी, वन मार्केट, वन फेमेली’ नारासहित उक्त प्रतियोगिता धनयन्तरी फुटसल ग्राउन्ड र प्राइम फुटसल कालोपुलमा आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । 

प्रतियोगितामा नेपाल धितोपत्र बोर्डसहित महिलातर्फ ९ तथा पुरुषतर्फ ३२ गरी जम्मा ४१ टिम सहभागी हुनेछन् । १५ मिनेट प्रतिटिम खेलाइने सो प्रतियोगिताको पुरुषतर्फ च्याम्पियनले ट्रफीसहित एक लाख नगद र रनर अपले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

त्यस्तै, महिलातर्फ च्याम्पियनलाई ६० हजार र रनरअपलाई ४० हजार तथा ट्रफीको व्यवस्था गरिएको छ । वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरूमा भाइचाराको सम्बन्ध विस्तार गर्न यो फुटसल आयोजना गरिएको इयूसेबोनका अध्यक्ष अजय ढुंगानाले बताए । यो क्षेत्रमा काम गर्ने कर्मचारीहरूबीच हुने प्रतिस्पर्धाले सबैमा आत्मियता र हार्दिकता बढ्ने ढुंगानाको भनाइ छ । यो फुटसल प्रतियोगिता प्रत्येक वर्ष यसै तालिकाअनुसार आयोजना हुने सोच रहेको अध्यक्ष ढुंगानाले बताए । 

प्रतियोगितामा क्यापिटल मर्चेन्ट बैंकिङ, नेप्से, सीडीएससी र ब्रोकर कम्पनीहरूले सहभागिता जनाउने बताइएको छ । प्रतियोगीतामा लक्ष्मी सनराइज बैंक मुख्य प्रायोजकको रूपमा छ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro