site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार

नेपाली संस्कृतिको इतिवृत्त— (भाग १ र २)
(संस्कृति: प्रा. प्रेमकुमार खत्री)
संस्कृति विषयका ज्ञाता प्राध्यापक प्रेमकुमार खत्रीको संस्कृतिका यावत् प्रसंग समेटेर तयार गरिएको पुस्तक ‘नेपाली संस्कृतिको इतिवृत्त’को भाग एक र दुई एकसाथ बजारमा ल्याइएको छ ।

यो पुस्तकको पहिलो भागमा सामाजिक, सांस्कृतिक विषयवस्तु प्रस्तुत गरिएको छ । दोस्रो भागमा सम्पदा र विकासका विषयवस्तुलाई कृतिमा प्रस्तुत गरिएको छ ।

संस्कृतिका विद्यार्थी तथा पाठकका निम्ति प्रा. खत्रीले अनेकानेक पुस्तक दिएका छन् । यो पुस्तकमा मोनोलगमा प्रा. खत्रीले उल्लेख गरेका छन्, “यो कृति मैले थोरबहुत तालिम पाएको, केही औपचारिक र धेरै अनौपचारिक ज्ञान हासिल गरी जीवन व्यतीत गरेको क्षेत्र संस्कृति मूल विषयमा केन्द्रित छ । संस्कृतिको परिभाषाबाट यो अघि बढ्दै समाज, शिक्षा, भाषा, कला, महिला, संस्कार, पर्व, चाड, धर्म, व्रत–उपासना, सम्पदा, विकास, बाह्य सम्बन्ध आदि विषयमा चर्चा गर्दै अघि बढेको छ ।”

Dabur Nepal
NIC Asia

नेपाली संस्कृतिको इतिवृत्त भाग एकमा नेपाली संस्कृतिको पहिचान र परिभाषादेखि समापनसम्म ११ अध्याय प्रस्तुत छ । भाग दुई सम्पदा र विकासमा संस्कृति, सम्पदा र विविधतादेखि उपसंहार समेत १० अध्यायमा विभिन्न विषय प्रस्तुत गरिएको छ ।

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ४३२ पृष्ठको पहिलो भागको मूल्य ८९५/– रुपैयाँ कायम छ । २७६ पृष्ठको दोस्रो भागको मूल्य ५९५/– रुपैयाँ राखिएको छ ।
०००

ज्ञानगुनका कुरा — पुष्कर लोहनी अंक – १
(आलेखसंग्रह: प्र.सं. शेषराज सिवाकोटी)
नेपाली साहित्यका सुपरिचित सर्जक हुन्, पुष्कर लोहनी । साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकार लोहनीमाथि लेखिएका आलेखहरू संग्रह गरिएको पत्रिका हो, ‘ज्ञानगुनका कुरा: पुष्कर लोहनी अंक – १’ ।

यो पत्रिकाभित्र इन्दिरा प्रसाईं, कपिल लोहनी, दिव्य गिरी, चन्द्रप्रसाद भट्टराई, कृष्ण प्रसाईं, व्याकुल पाठक, शिवप्रसाद ढकालका आलेखहरू समावेश गरिएको छ । यसैभित्र लोहनीका दुई आलेख पनि राखिएको छ ।

ज्ञानगुन प्रकाशनद्वारा प्रकाशित ७६ पृष्ठको यो अंकको मूल्य ७५/– रुपैयाँ राखिएको छ ।
०००

कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार
(इतिवृत्त: घनश्याम राजकर्णिकार)
नियात्रा विधामा विगत लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार घनश्याम राजकर्णिकारले आफ्ना पिताजीको कर्मशील व्यक्तित्व र योगदानलाई पुस्तकका रूपमा रूपान्तरित गरेका छन् ।

केही समयअघि प्रकाशित उनको पुस्तक हो, ‘कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार’ ।

आफ्नो भनाइमा राजकर्णिकारले लेखेका छन्, “इतिहास बोकेको कृष्ण पाउरोटी भण्डारको यथार्थ कथा नेपाली समाजलाई अत्यन्त उपयोगी सौगात हुने ठानी यसका प्रणेता पिताजी कृष्णबहादुर राजकर्णिकार र उहाँले प्रतिस्थापित गर्नुभएको कृष्ण पाउरोटी भण्डारको इतिहासलाई छोटकरीमा कोट्ट्याएर, सुम्सुम्याएर, खोतलखातल गरेर यो पुस्तक तयार पारेको हुँ ।”

सानो र पातलो आकारमा प्रकाशित भए पनि यसभित्र कृष्ण पाउरोटीको इतिहास समेटिएको छ । यसभित्र ४२ शीर्षकमा कृष्णबहादुरको जन्मदेखि पाउरोटी उद्योगको इतिहास प्रस्तुत छ ।

कृष्ण पाउरोटी भण्डारद्वारा प्रकाशित ५६ पृष्ठको यो पुस्तकको मूल्य ८०/– रुपैयाँ राखिएको छ ।
०००

बस्तीमा कुहिरो
(कथासंग्रह: रामचन्द्र नेपाल)
साहित्यकार रामचन्द्र न्यौपानेको उपन्यास हो, ‘बस्तीमा कुहिरो’ । केही समयअगाडि प्रकाशित यो कृति उनको दोस्रो कथासंग्रह हो । उनको यसअघि एक कथाकृति र दुई लघुकथाकृति प्रकाशित छ ।

कथाकार नेपालले आफ्नो भनाइमा लेखेका छन्, “गाउँबस्तीको मान्छे म । कुहिरो पनि बस्तमै बढी लागेको देखिन्छ । आज कुहिरो सबैतिर छ र एकमा होइन, सबै कथामा सबै ठाउँमा छ । त्यस्तै, म पनि कुहिरोमा छु ।...”

यो कथाकृतिभित्र नेपालले लेखेका १८ कथा समेटिएको छ ।

ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित १७२ पृष्ठको यो पुस्तकको मूल्य ४००/– रुपैयाँ राखिएको छ ।
०००

मिसावट 
(लघुकथासंग्रह: रामप्रसाद पन्त)
नियात्रालगायत विभिन्न विधामा सिर्जना गर्छन्, रामप्रसाद पन्त । केही समयअघि बजारमा ल्याइएको उनको पुस्तक हो, ‘मिसावट’ । यसमा उनले आफ्ना ५१ विभिन्न भावका लघुकथा संग्रह गरेका छन् ।

आफ्नो भनाइमा सर्जक पन्तले लेखेका छन्, “म पनि आख्यानमा नै कलम चलाएर सर्वप्रथम साहित्य लेखनमा प्रवेश गरेको मानिस । मेरो प्रथम प्रकाशित रचना पनि कथा नै रह्यो र प्रकाशित कृति पनि उपन्यास नै भयो ।...।”

पन्तका थुप्रै कृति छन् । उनका दुई उपन्यास, दुई काव्य, २१ नियात्रा, पाँच कथाकृतिसहित अनेक पुस्तक प्रकाशित भइसकेको छ ।

यो पुस्तकमा डा. पुष्करराज भट्टले भूमिका लेखेका छन् ।

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित ११२ पृष्ठको यो लघुकथाकृतिको मूल्य १७५/– रुपैयाँ राखिएको छ ।

०००
किसुनजी
(व्यक्ति आलेखसग्रह: सं. हरि मञ्जुश्री)
नेपाली राजनीतिमा सन्तनेताका नामबाट परिचित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले ‘किसुनजी’ (कृष्णप्रसाद भट्टराई स्मृतिग्रन्थ) नामक पुस्तक प्रकाशित गरेको छ । यो लेखरचनाको संग्रहलाई साहित्यकार हरि मञ्जुश्रीले सम्पादन गरेका छन् ।

यसको प्रकाशकीयमा किरण थापाले लेखेका छन्, “कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले नेपाली समाजका त्यस्ता व्यक्तित्वहरू, जसले आ–आफ्ना  विचार र कर्मका माध्यमबाट देशलाई योगदान दिँदै आउनुभएको थियो र छ, उहाँहरूका बारेमा समाजका प्रतिष्ठित विभिन्न व्यक्तित्वहरूका लेखरचना र स्मरणसहितको पुस्तक प्रकाशन गर्दै आएको छ ।...।”

यो पुस्तकमा किसुनजीमाथि विभिन्न लेखकले लेखेका नेपाली र अंग्रेजी गरेर १०४ लेखरचना समाहित छ ।

४२० पृष्ठको यो पुस्तकको मूल्य ६००/– रुपैयाँ राखिएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro