site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यस्तो बन्यो ‘बेहुली फ्रम मेघौली’को ट्रेलर 

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंमा कार्यक्रम गर्दै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा छोरीको विवाहका लागि अभिभावकको चिन्ता, उमेर ३० पुगेपछि छोरीको विवाहका लागि हुने समस्या, प्रेम, धोका, छलकपट तथा स्वतन्त्र विचार र निर्णय देख्न सकिन्छ । 

Dabur Nepal
NIC Asia

सन्तानको विवाहका लागि अभिभावकले गर्ने चिन्ता र पछिल्लो समयको यथार्थलाई देखाइएको ट्रेलरमा कमेडीको लेप लगाइएको छ । ट्रलेरमा सिनेमाकी मुख्य पात्र स्वस्तिमा खड्का र निश्चल बस्नेत, लोकेन्द्र लेखक, विजय बराललगायत कलाकारलाई देख्न सकिन्छ ।    

चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । सिनेमा दशैंको घटस्थापना (असोज १७ गते)बाट प्रदर्शनमा आउँदैछ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरूको डेव्यु निर्देशकीय चलचित्र हो । अभिनेत्री स्वस्तिमालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चलले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

चलचित्र असोज १७ गते रिलिज हुँदै छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro