site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पीएसजीको कठिन जित, रोकियो सिटी 

काठमाडौं । आत्मघाति गोल निर्णायक बन्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले स्पेनिस क्लब जिरुनाविरुद्ध १–० को कठिन जित निकालेको छ ।

 बुधबार राति पार्क डे प्रिन्सेसमा भएको खेलमा भाग्यमानी बनेको पीएसजीले निर्धारित समयको अन्तिम मिनेटमा आत्मघाति गोल उपहार पाएको हो । खेलको ९०औँ मिनेटमा जिरुनाका पाउलो गाजानिगाबाट भएको आत्मघाति गोल नै पीएसजीलाई जितका लागि पर्याप्त बन्यो । 

जितसँगै तीन अंक जोडेको पीएसजी तालिकाको १०औँ स्थानमा उक्लिएको छ । च्याम्पियन्स लिगको इतिहासमै पहिलो खेल खेलेको जिरुना तालिकाको २७औँ स्थानमा छ । 

बुधबार राति भएको अर्को खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी घरेलु मैदानमै इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकिएको छ । 

बल पोसेसनमा खेलभर नियन्त्रण बनाए पनि एर्लिङ हाल्यान्ड, ज्याक ग्रिलिस, केभिन डी ब्रुयना र बर्नार्डो सिल्भाजस्ता स्टार खेलाडीबाट पनि सिटीले गोल निकाल्न असफल रह्यो ।

पहिलो खेलमै रोकिएको सिटी एक अंकसहित तालिकाको १२औँ स्थानमा छ । समान अंक जोडेको इन्टर ११औँ स्थानमा छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro