site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापतिले केसीलाई उपरथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

यही असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथी केसीलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतना हे.क्वा.को पृतनापतिमा नियुक्त हुनु भएको छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

दर्ज्यानी चिह्न प्रदान समारोहमा नेपाली सेनाका बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीका परिवारजनको उपस्थिति थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्