site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विजय कृष्णमूर्तिकै कारण कोटी होममा झगडा ! 
SkywellSkywell

काठमाडौं । विजयकृष्ण मूर्तिका रुपमा चिनिएका गुल्मीका विजय भण्डारीको अभिव्यक्तिले हिंसात्मक घटना हुनसक्ने छानबिन समितिले निष्कर्ष निकालेको छ ।  साउन महिनाभर भण्डारीले पशुपतिमा एक महिना लामो कोटी होम सञ्चालन गरेका थिए । तर, कोटीहोम समापनको दिन साउन ३२ मा भने कोटी होम आयोजकले हंसमण्डपमा धार्मिक कार्यक्रम गरे ।

सोही साँझ कोटी होमका मुख्य आयोजक भण्डारीमाथि सोधपुछ गर्न प्रहरीसमेत हंसमण्डपमै पुगेको थियो ।  तर, भण्डारीमाथि सोधपुछ गर्न पुगेको प्रहरी टोलीमाथि नै उनका समर्थकले हातपात र बन्धक समेत बनाए ।

पत्रकारलाई समेत कुटपिट गरिएको थियो । त्यो दिन माहोल असामान्य बनेपछि प्रहरी आफैँ पछि हटेको थियो ।  सोही घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले समिति नै बनाएको थियो ।

Dabur Nepal
NIC Asia

छानबिनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा सात सदस्यीय टोली थिए । त्यसमा काठमाडौं प्रहरी परिसरका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद रायसमेत सदस्य थिए ।

सोही समितिले विजय भण्डारीकै अभिव्यक्तिका कारण धार्मिक हिंसाको जोखिम टरेको भन्दै भण्डारीलाई सचेत गराउनुका साथै कानुनी दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेको हो ।  समितिले गएको बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंैका प्रमुखमार्फत् गृह मन्त्रालय बुझाएको समितिका संयोजक ढुंगानाले जानकारी दिए ।

“हामीले प्रतिवेदन बुझाइसकेका छौं । यसको कार्यान्वयको काम गृह मन्त्रालय हुँदै सम्बन्धित निकायले गर्ला,” ढुंगानाले भने । 

एक सदस्यका अनुसार घटनाको मूल कारण नै भण्डारी रहेको निष्कर्ष समितिले गरेको छ ।

समितिले तयार पारेको प्रतिवदेनमा लेखिएको छ, “भण्डारीको हिंसात्मक/ध्वंसात्मक अभिव्यक्तिको कारण सर्वसाधारण व्यक्तिहरुमा मनोवैज्ञानिक असर परेको, समयमै रोक्न नसकेको भए थप हिंसाजन्य जघन्य घटना हुन सक्थ्यो । निजले अब उपरान्त यस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिई भिडलाई लडाउने–भिडाउने कार्य नगर्न सचेत गराउनुका साथै यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउने ।”

त्यो दिन भण्डारीले आफ्नो फेसबुक लाइभमार्फत् प्रहरीले कोटी होममै प्रवेश गरेर प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको भन्दै अवस्था नै तनावपूर्ण बनाएका थिए । अवस्था कुटपिटमात्र होइन, प्रहरी वृत्त गौशालाका प्रहरी सहायक निरीक्षक (असई) सुदीप पाण्डेलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा समेत राखेका थिए ।

असईमाथि नै कुटपिट हुन थालेपछि उनको उद्धारका लागि काठमाडौं प्रहरी परिसरले प्रहरी निरीक्षकको टोली पठाएको थियो ।

विजयकृष्णले फेसबुक लाइभमार्फत् भनेका थिए, “म गिरफ्तार हुन तयार छु । तर, मेरो गिरफ्तारीले आन्दोलन चर्किन्छ । देश अशान्त बन्छ । विदेशीको इसारामा ममथि षडयन्त्र भइरहेको छ ।”

कोटी होम सञ्चालन गरेका भण्डारीले भने आश्रमको सहयोगका लागि लगाइएको कोटीहोमबाट खर्च गरेभन्दा कम संलग्न भएको रिपोर्ट केही दिनअघि मात्रै सार्वजनिक गरेका छन् ।

किन पुगेको थियो प्रहरी ?

विजयकृष्णलाई प्रहरीले यसअघि पटक–पटक पक्राउ गर्दै आएको थियो । धार्मिक कार्यक्रमका लागि विदेश लैजाने नाममा उनीमाथि ठगीको उजुरी परेपछि उनी पक्राउ परेका थिए । त्यही आरोपमा उनी चार वर्षअघि करिब दुईवर्ष जेल नै बस्नुपर्‍यो । त्यसबाहेक उनी अन्य ठगी आरोपमा समेत पक्राउ पर्दै छुट्टै आएका थिए ।

तर, उनले एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै पहिला आफूमाथि लागेको सबै आरोप गलत सावित भइसकेको र प्रहरीले दिएको रिपोर्टमा समेत आफ्नो कुनै कैफियत उल्लेख नभएको दाबी गरेका थिए । त्यही विषयमा अदालतको फैसलाको कपी र प्रहरी रिपोर्टबारे सोधपुछ गर्न प्रहरी उनलाई भेट्न प्रहरी पुगेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu