site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्केट बोर्ड र रोलर स्केट आयोजना हुँदै 

काठमाडौं । वाग्मती प्रदेश स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा यही असोज ४ र ५ गते काठमाडौंमा ‘जाम जाम स्केट जाम’ स्केटबोर्ड प्रतियोगिताको आयोजना हुने भएको छ । 

प्रतियोगितामा स्केट बोर्ड र रोलर स्केट गरी दुई विधामा आयोजना हुने र त्यसमा सातै प्रदेशका १७० खेलाडीले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा वाग्मती प्रदेश स्केट बोर्डका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी गराए । 

थापाथलीस्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा १०० प्रतिस्पर्धी हुनेछन् भने स्केट बोर्ड पुल्चोक क्याम्पसको कोर्टमा हुनेछ । जसमा ७० खेलाडी सहभागी हुनेछन् । प्रतियोगिता खुला रूपमा हुने तथा त्यसमा पुरुष र महिला दुवैले एउटै इभेन्ट्समा बराबरी रूपमा प्रतिस्पर्धा गर्नुपर्ने पनि आयोजकले जनाएको छ । 

खेलको शीर्ष चार स्थानमा आउने खेलाडीले क्रमशः ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल अनुमानित बजेट आठ लाख रुपैयाँ छ । पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले स्थानीय पालिकाहरूसँग खेलको विकासका लागि समन्वय गर्दै अघि बढ्ने नीति अनुरुप काठमाडौं महानगरपालिकाबाट स्केट बोर्डको पूर्वाधार बनाउन जग्गा प्राप्त भइसकेको बताए । संघले आवश्यक खेल पूर्वाधार निर्माण गर्न पहल थालिसकेको पनि अध्यक्ष खनालले बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro