बाह्रखरी फोटो
काठमाडौं । आश्विन संक्रान्तिका दिन मंगलबार भगवान् विश्वकर्माको पूजा–आराधना गरिएको छ । यस दिन विभिन्न कलकारखानामा विश्वकर्माको मूर्ति/तस्बिरमा विधिपूर्वक पूजा–आराधना गर्ने गरिन्छ ।
त्यससँगै विभिन्न औजारका सामान, सवारीसाधनमा पूजा गर्ने गरिन्छ । यसो गर्दा ती औजार एवं सवारीसाधन धेरै समय टिक्ने, कामका बेलामा नबिग्रनेलगायत विश्वास गरिन्छ ।
यसै अवसरमा ललितपुरको महालक्ष्मी मन्दिरबाहिर गरिएको सवारीसाधन पूजाका तस्बिरहरू हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१ १२:०३
प्रतिक्रिया दिनुहोस्