site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
नेपाल महोत्सव भव्य रुपमा सम्पन्न  
SkywellSkywell

अष्ट्रेलिया । अष्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल महोत्सव भब्यरुपमा सम्पन्न भएको छ ।  महोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी भएका पश्चिम अस्ट्रेलियाका नागरिकता र बहुसांस्कृतिक  मन्त्री डा. टोनी बुटीले नेपाली समुदायको प्रशंसा गर्दै लागि स्थानीय सरकारले १० हजार डलर सहयोग गर्ने जानकारी गराए । 

पानसमा बत्ती बालेर एनआरएन आईसीसीका अध्यक्ष बद्री केसी र मन्त्री टोनी बुटीले संयुक्तरुपमा महोत्सवको शुभारम्भ गरेका थिए । 

मन्त्री बुटीले पर्थको बहुसांस्कृतिक समूदायमा नेपाल महोत्सव स्थापित हुँदै गरेको बताए । 

Dabur Nepal
NIC Asia

नेपाल महोत्सवमा  १० हजारभन्दा बढी दर्शकले सहभागिता जनाएका थिए  । 

नेपाल संझना गराउने  घर, धरहरा, पशुपतिनाथ, बौद्धनाथ लगायत महोत्सवका आकर्षण बनेका थिए । 

कार्यक्रममा एनआरएन आईसीसीका अध्यक्ष बद्री केसीले अष्ट्रेलियाबाट सुरुवात भएको नेपाल फेष्टिभल सबै राज्यमा विस्तार भएको र यसले मुलुक चिनाउने काम गरेको बताए । अध्यक्ष केसीले गैरआवासीय नेपालीहरुले प्राप्त गरेको नागरिकतामा केही समय समस्या आएको स्वीकार गर्दै नेपाल सरकारसँग यस विषयमा छलफल गरिसकेको जानकारी दिए । उपाध्यक्ष विनोद श्रेष्ठ, एनआरएन उपाध्यक्ष रोजिना प्रधान, क्षेत्रीय संयोजक दिनेश पोखरेल सचिव डा. ज्ञानेन्द्र रेग्मी, टीका गुरुंग, लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एनआरएन पर्थले नेपाल फेष्टिभल आयोजनामा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रमको उद्घाटन पर्थ पूजा सेवाका स्वयंसेवकहरुले स्वस्ती वाचनबाट भएको थियो । कार्यक्रममा बोल्दै अष्ट्रेलियाको संघीय सांसद साम लिमले दोश्रो पुस्ताको उदाहरण दिँदै उनीहरु कहाँबाट आएका हुन्, त्यहाँको खाना के हो ? त्यहाँको भाषा के हो भन्ने जानकारी दिनु महत्वपूर्ण कार्य भएको बताए । 

कार्यक्रममा सहभागी हुन सिड्नीबाट न्यूसाउथवेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अभियन्ता  मन केसी, विधान समितिका संयोजक  भवानी ओली , एनआरएन क्षेत्रीय संयोजक दिनेश पोखरेल, सहसंयोजक कोमल पाठक , आईसीसी सदस्य डिल्ली ढकाल, बुद्धी डल्लाकोटी , युवा व्यवसायी सागर लोहनी लगायत सहभागी थिए । 

यस्तै एनआरएन अस्ट्रेलियाका महासचिव सन्तोष कुँवर, कोषाध्यक्ष अर्जुन गौतम , सह कोषाध्यक्ष रोजी पन्त, नयाका अध्यक्ष बिपीन थापा , पर्थ समुदायका अगुवाहरु भैरव ढकाल, नबीन बिडारी , मिक्की सुबेदी लगायतले सहभागिता जनाएका थिए । कार्यक्रममा सांगीतिक रुपमा एक्स व्याण्डले आफ्नो प्रस्तुतिले उपस्थित दर्शकलाई नचाएको थियो भने गायिका आस्था राउत, लोकगायक बद्री पंगेनी लगायतले उपस्थित दर्शकलाई झुमाएका थिए ।
नेपाल महोत्सव पर्थमा पहिलो पटक १० मिनेट आतिशबाजी गरिएको युवा संयोजक मनिष सिग्देलले बताए  ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu