site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजिप्टमा रेल ठोक्किँदा तीनजनाको मृत्यु, ४९ घाइते

काठमाडौं । इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको शार्किया प्रान्तमा शनिबार दुई रेल एकापसमा ठोक्किँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ । ४९ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

घाइतेमध्ये ४४ जनाको स्वास्थ्य अवस्था स्थिर छ । पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

मन्त्रालयले यसअघि शार्कियाको जागाजिग सहरमा भएको दुर्घटनास्थलमा ३९ एम्बुलेन्सलाई घाइतेको उद्धारका निम्ति पठाइएको जनाएको थियो ।

शार्किया प्रान्तका गभर्नर हाजेम अल–अशमोनीले दुई रेलबाट सबै यात्रुलाई बाहिर निकालिएको जानकारी दिए ।

इजिप्टको राष्ट्रिय रेलवे प्राधिकरणले दुर्घटनाको प्राविधिक कारण पत्ता लगाउन विशेषज्ञको समिति गठन गरिएको जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro