site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कान सुन्न मद्दत गर्ने एप्पलको एयरपोड्स प्रो २, औषधि प्रशासनले दियो स्वीकृति

काठमाडौं । श्रवण शक्ति कम भएका व्यक्तिलाई मद्दत गर्ने भनिएको एप्पलको एपरपड्स प्रो २ ले अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट स्वीकृति पाएको छ ।

एप्पलले यही सेप्टेम्बर ९ मा श्रवण शक्ति कम भएकालाई मद्दत गर्ने एपयरपड्स प्रो २ को सफ्टवेयर अपडेटले स्वीकृत पाउन बाँकी रहेको घोषणा गरेको थियो ।

खाद्य तथा औषधि प्रशासन (एफडीए)ले बिहीबार सुन्न मद्दत गर्ने ‘ओभर–द–काउन्टर–ओटीसी’ सफ्टवेयरलाई अनुमति दिएको जनाएको हो ।

“श्रवण शक्ति गुमाउनु लाखौँ मानिसलाई असर गर्ने सार्वजनिक स्वास्थ्य समस्या हो,” एफडीएकी मिसेल टार्भरले एक विज्ञप्तिमा लेखेकी छन्, “मध्यम किसिमको श्रवण गुमेका व्यक्तिलाई यो अडियो उपकरणले मद्दत गर्नेछ ।”

कम सुन्ने समस्याका व्यक्तिले दुवै एयरपड्स २ कनेक्ट भएका बेला आईओएस १८ को सेटिङबाट यो फिचरमा पहुँच पाउन सक्नेछन् ।

परीक्षणबाट कम सुन्ने क्षमता पुष्टि भएका व्यक्तिले यो फिचर प्रयोग गर्न सक्छन् । त्यसमा उनीहरूले चिकित्सकको टेस्ट रिपोर्ट समेत अपलोड गर्न सक्छन् ।

मानिसको आवाजलगायत विभिन्न फ्रिक्वेन्सीस्तर मिलाएर यो फिचर प्रयोग गर्न सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro