site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एआईपीएस एसियाको २५औँ कंग्रेस काठमाडौंमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । खेलकुद पत्रकारहरूको छाता संगठन एआईपीएस एसियाको २५औँ कंग्रेस काठमाडौंमा एक भव्य समारोहका बीच उद्घाटन भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ (आईपीएस एसिया)को बिहीबार काठमाडौंको एभरेटस्ट होटेलमा एक कार्यक्रमबीच उद्घाटन भएको हो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पानसमा द्वीप प्रज्ज्वल गर्दै उक्त २५औँ कंग्रेसको उद्घाटन गरेका थिए ।

सो अवसरमा मन्त्री चौधरीले देशमा यस्ता आयोजना सम्पन्न हुनु ऐतिहासिक रहेको र यस किसिमका कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीसहित पदाधिकारी, विभिन्न देशका खेल पत्रकार, ओलम्पियन र विभिन्न खेलका खेलाडी उद्घाटन सत्रमा उपस्थित थिए ।

कार्यक्रममा राखेप सदस्यसचिव घिसिङले काठमाडौंमा एआईपीएस एसियाको २५औँ कंग्रेस आयोजना गर्न पाउँदा विशेष खुसी मिलेको र यो डिजिटल युगमा खेलकुद पत्रकारिताको विकसित परिदृश्यबारे छलफल गर्न ३० देशका खेलकुद पत्रकारहरू भेला हुनु प्रेरणादायी रहेको बताए ।

विकासशील राष्ट्रको रूपमा खेलकुद लगानीमा चुनौतीहरू भए पनि आफ्ना खेलाडीले विश्वका मञ्चमा गर्विलो इतिहास सिर्जना गर्नु सुखद क्षण रहेको उनको बुझाइ छ । उनले युवाहरूलाई प्रेरित गर्न, अनुशासन बनाउने र आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्नमा गर्वको भावना जगाउने एक शक्तिशाली माध्यमको रूपमा खेलकुद रहेको धारणा राखे ।

खेलकुद पत्रकारको छाता संगनठन एआईपीएसको एसियाली क्षेत्रको कंग्रेस जस्ता ठूलो आयोजना पहिलोपल्ट नेपालमा आयोजना भएको हो । यो कंग्रेसमा ३० राष्ट्रका खेलकुद पत्रकारहरू सहभागी छन् ।

उद्घाटन सत्रमा एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र त्यसको उदाहरण पछिल्ला ओलम्पिकमा एसियाली राष्ट्रले पाएको सफलता स्पष्ट पारेको विश्वास व्यक्त गरे । कंग्रेसको उद्घाटनका अवसरमा नेपालका लागि पेरिस पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धन, पत्रकार शिवानी थापा, भारत र चीनकी महिला पत्रकार र इस्पोट्सकी एसियाकी प्रतिनिधिबीच महिला सशक्तिकरणबारे छलफल भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro