site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वीरगन्जमा लक्ष्मी सन्‌राइज बैंकको सेवा विस्तार

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले पर्साको वीरगन्ज महानगरपालिकामा शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।

बैंकको वीरगन्ज महानगरपालिका–६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नम्बर ८ स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब १ किलोमिटर उत्तर–पूर्वतर्फ) मा स्थानान्तरण गरिएको हो ।

Dabur Nepal
NIC Asia

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकले आदर्शनगरमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास लिएको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्ने छ ।

हाल लक्ष्मी सन्‌राइज बैंकले ५९ जिल्लामा २५४ शाखा कार्यालय, ३२० एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्टमार्फत सेवा दिँदै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro