site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पले भने– मैले चुनाव जिते कार्यभार सम्हाल्नुअघि नै रुस–युक्रेन युद्ध रोक्छु
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध रोक्नसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति पदको उमेदवार रहेका ट्रम्पले उनकी प्रतिद्वन्द्वी कमला ह्यारिससँग स्थानीय समयअनुसार मंगलबार रातिको डिवेटमा यस्तो दाबी गरेका हुन् । 

ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस–युक्रेनमा युद्ध नै नहुने टिप्पणी गरे । 

ह्यारिसले भने ट्रम्प राष्ट्रपति भएको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनको राजधानी किभमा बसिरहेको हुनेथिए भन्दै टिप्पणी गरिन् । 

ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचन भएमा रुस र युक्रेनसँग वार्ता गराई कार्यभार सम्हाल्नुअघि नै युद्ध रोक्नसक्ने बताए ।

उनले युरोपले युक्रेनलाई सहयोग गर्न कम पैसा दिइरहेको र अमेरिकाले मात्रै धेरै पैसा दिनुपर्ने अवस्था जो बाइडेन कमजोर राष्ट्रपति भएका कारण बनेको टिप्पणी गरे ।

ट्रम्प आफूले नेटोका सदस्य राष्ट्रहरूलाई समानरुपले मद्दत गर्न आग्रह गर्ने बताए । 

उनले बाइडेन प्रशासनमा सीमा खुकुलो हुँदा कयौं आप्रवासी अवैधरुपले अमेरिका प्रवेश गरेको र देश असुरक्षित बनेको बताए ।

उनले आफू राष्ट्रपति भएको भए इजरायलको युद्ध पनि हुने थिएन भन्दै बाइडेनको आलोचना गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro