site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेप्टेम्बर २१ मा सिड्नी प्रस्तुति दिँदै १९७४ एडी
Tiktok banner adTiktok banner ad

सिड्नी । नेपालको पुरानो रक ब्यान्ड १९७४ एडीले ‘अस्ट्रेलिया टुर’का क्रममा सिड्नीमा आउँदो २१ सेप्टेम्बरमा प्रस्तुति दिने भएको छ । ब्यान्डले आफ्नो ३०औँ वर्षगाँठको उपलक्ष्यमा 'अस्ट्रेलिया टुर'को आयोजना गरिएको जनाएको छ । 

१९७४ एडीको ‘अस्ट्रेलिया टुर’को सबै व्यवस्थापन रोटे पिङ इन्टरटेन्टमेन्टले गरेको छ । ब्यान्डले अस्ट्रेलियामा ब्रिजवेन, पर्थ र मेलबर्नमा कार्यक्रम गरिसकेको छ ।

सेप्टेम्बर १२ एडिलेड, सेप्टेम्बर १४ होबार्ट, १९ सेप्टेम्बर क्यानबेरा सकेर सेप्टेम्बर २१ सिड्नीमा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको आयोजक रोशन भट्टराईले बताए । 

सिड्नीको कार्यक्रमका लागि दुई हजारभन्दा बढी टिकट बिक्री भइसकेको आयोजक भट्टराईले बताए । 

१९७४ एडीका 'यो मन त मेरो नेपाली हो', 'परेलीमा', 'गुराँसै फूल्यो', 'सम्झी बस्छु', 'पिँजडाको सुगा', 'मुटु भरिभरि', 'तिमीलाई पिरतीले बाँधौँला'लगायत गीत चर्चित छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro