site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
हुवावेले सार्वजनिक गर्‍यो ‘ट्राई–फोल्ड’ फोन : ३७ लाख प्रिअर्डर, आइफोन १६ लाई टक्कर !

काठमाडौं । हुवावेले विश्वकै पहिलो ‘ट्राई–फोल्ड’ स्मार्टफोन सार्वजनिक गरेको छ । अमेरिकी कम्पनी एप्पलले आइफोन १६ सार्वजनिक गरेलगत्तै हुवावेले हुवावे मेट एक्सटी ट्राई–फोन सार्वजनिक गरेको हो ।

वासिंगटन र बेइजिङबीचको भूराजनीतिक तनावपछि अमेरिकी प्रतिबन्धको सामना गरिरहेको कम्पनीले फेरि पनि एप्पललाई टक्कर दिन खोजेको चर्चा भइरहेको छ ।

हालसम्म मेट एक्सटीको ३७ लाखभन्दा बढी प्रिअर्डर भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो फोन सफल भए हुवावेको ‘कमब्याक’लाई थप मद्दत पुग्ने छ ।

हुवावेको कन्जुमर बिजनेसका अध्यक्ष यू चेङडोङ (रिचर्ड यू)ले यस फोनको विकासमा पाँच वर्ष लागेको बताएका छन् ।

“हुवावे मेट एक्सटी विश्वकै पहिलो ट्रिपल–फोल्ड र सबैभन्दा ठूलो तथा पातलो फोल्डेबल स्मार्टफोन हो,” यूले भने, “स्मार्टफोनमा बाहिरी फोल्डिङ र ग्यापबीनको भित्रि फोल्डिङ हासिल गर्नेमा हामी पहिलो भएका छौँ ।”

तीनवटा प्यानल भएको मेट एक्सटीलाई तीनपटक फोल्ड गर्न सकिन्छ । यो रातो र कालो रङमा उपलब्ध छ ।

यसअघि पनि हुवावेले ल्याएका विशेष फोन मेट ६० र मेट एक्स ५ सहित अहिलेको नयाँ फोनले एप्पललाई चिनियाँ बजारमा चुनौती दिने बताइएको छ । एप्पलको दोस्रो बजार चीनको हिस्सा एप्पलको व्यापारमा करिब २० प्रतिशत छ ।

हुवावे मेट एक्सटीको मूल्य २० हजार युआन आर्थत् करिब तीन लाख ७७ हजार ५४५ रुपैयाँ तोकिएको छ । फोन १६ जीबी र्‍याम र ५१२ जीबी वा एक टेराबाइट स्टोरेजको विकल्पमा उपलब्ध छ ।

मार्केट रिसर्च फर्म क्यानलिसकी रिसर्च म्यानेजर एम्बर लिउले एक वर्षको अवधिमा चिनियाँ स्मार्टफोन बजारमा प्रमुख पाँच स्थान चीनकै ब्रान्डले बनाएको बताएकी छन् । यस्तो अवस्थामा आइफोन १६ सार्वजनिक भएकै दिन हुवावेले विश्वकै पहिलो ट्राइ–फोल्ड स्मार्टफोन सार्वजनिक गरेको हो ।

सीएनएनबाट ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro