site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
राष्ट्रिय नाटक महोत्सव आयोजना हुँदै 

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राजधानीमा राष्ट्रिय नाटक महोत्सव २००१ आयोजना गर्ने भएको छ । अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र सञ्चारकर्मी समेत रहेकी उनकी पत्नी कल्याणी रिमालको नाममा स्थापित प्रतिष्ठानले महोत्सव गर्न लागेको हो । 

पत्रकार सम्मेलनमा स्व. हरिप्रसाद रिमालको शतवार्षिकीको अवसर पारेर प्रतियोगितात्मक ‘राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता, रंगकर्मी सम्राट सापकोटाले जानकारी दिए । उनका अनुसार महोत्सव राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भदौ ३० गते सुरु भएर असोज २ गते समापन हुनेछ । 

प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये ६ वटा नाटकलाई प्रदर्शनको अनुमति दिएको छ । उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिने उनले बताए । 

पहिलो पुरस्कारस्वरुप एक लाख, दोस्रो पुरस्कार ५० हजार र तेस्रोलाई २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ । 

उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 

उनका अनुसार कलाकर्मी र सञ्चारकर्मीलाई प्रतिष्ठानले प्रदान गर्दै आइरहेको सम्मान पनि सोही कार्यक्रममा प्रदान गरिनेछ । यसपटक २०७९ र २०८० साल गरी दुई वर्षको सम्मान एकैपटक प्रदान गरिनेछ । आठजनलाई प्रदान गरिने सम्मानको राशी ३१ र २१ हजार रुपैयाँ हुनेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro