site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोर्चुगलको जितमा रोनाल्डोको कीर्तिमानी गोल

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोले करियरको ९०१औँ गोल गरेको खेलमा पोर्चुगलले नेसन्स लिगमा स्कटल्यान्डविरुद्ध २–१ को जित निकालेको छ ।

आइतबार राति पाहुना टिम स्कटल्यान्डले सातौँ मिनेटमा अग्रता लिएको थियो । स्कटल्यान्डका स्कट म्याकटोमिनेले हेडर गोल गर्दै पाहुना टिमलाई घरेलु समर्थकमाझ अग्रतामा राखेका थिए ।

५४औँ मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा पोर्चुगल खेलमा फर्कियो । खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २–१ को जित पक्का गरेको हो ।

स्कटल्यान्ड रोनाल्डोले अन्तर्राष्ट्रिय करियरमा गोल गरेको ४८औँ देश हो । विश्व फुटबलको इतिहासमा रोनाल्डोबाहेक अरू खेलाडीले यति धेरै देशविरुद्ध गोल गरेका छैनन् ।

प्रतियोगितामा लगातार दोस्रो जित निकालेको पोर्चुगल समूह–१ को शीर्ष स्थानमा छ । समान खेल खेल्दा पनि अंकविहीन स्कटल्यान्ड तालिकाको पुछारमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro