site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको गृह जिल्ला टेक्न डुंगाको भर (तस्बिरहरू)

विराटनगर । दिपेश राजवंशी बिहान एक सय रुपैयाँ तिरेर डुंगामा मोटरसाइकल राखेर मोरङको रंगेली पुग्छन् । साँझ काम सकेर फेरि गौरीगन्ज फर्कन्छन् । रतुवा खोला उर्लिएका बेला त आउजाउ बन्द नै हुन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला र निर्वाचन क्षेत्र सुगम भएर पनि दक्षिणवर्ती क्षेत्रका मानिसले डुंगा नचढी झापा टेक्न सक्दैनन् । 

झापाको गौरीगन्ज र मोरङ रतुवामाई नगरपालिका जोड्ने रतुवा खोलाबाट दैनिक डुंगामा ओहोरदोहोर गर्ने दिपेशजस्ता धेरै मानिस छन् । साइकलमा चढ्नेले २० रुपैयाँ प्रतिगोटा बुझाउनु पर्छ । बिहान तिरेको पैसाले एक दिनमा दुई पटक ओहोर दोहोर गर्न पाइन्छ । 

Ratuwa-10-1725764048.jpg
“पुल बनिसकेर सजिलै बिना पैसा आउन–जान पाइएला भनेर कुरेको पनि सोह्र वर्ष बितिसक्यो,” दिपेशले भने, “प्रधानमन्त्री नै हाम्रो क्षेत्रको हुनुहुन्छ । अब चाँडै काम सकिएला भन्ने आशा छ ।”

मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगन्ज गाउँपालिकामा अवस्थित रतुवा खोलमाथि पुल बन्न थालेको सोह्र वर्ष भएको छ । तर, पुलको काम अझै पूरा भएको छैन । पहिले बनेको पुल खोलाले धार परिवर्तन गरेपछि बीच भागमा पुगेको छ । त्यसपछि धेरै समय काम रोकिँदा स्थानीयलाई भने सास्ती छ । 

Ratuwa-1-1725764072.jpg
दुई वर्षअघि पुनः ठेक्का लागेपछि पुल निर्माणको काम जारी छ । हुलाकी मार्गअन्तर्गत बन्ने यो पुल निर्माण भए झापाबासीलाई प्रदेश राजधानी विराटनगर आइपुग्न केही छिटो हुनेछ । हुलाकी मार्ग अहिले पनि निर्माणाधीन छ । खजुरगाछीबाट छोराछोरी लिएर मोरङको आमबाडी आउँदै गरेकी अनिता गजतराजले भनिन्, “दमक हुँदै घुमेर आउनुभन्दा बरु डुंगा चढेर यताबाट आउँदा समय बच्छ ।” 

रतुवा खोलमा स्थानीयले बाँसको पुल बनाएका छन् । त्यहाँ एउटा काठको डुंगा राखिएको छ । त्यसमै बसाएर मोटरसाइकल, स्कुटर, साइकल, गाईबस्तु राखेर तार्ने गरिएको छ । 

Ratuwa-3-1725764103.jpg
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका अनुसार दुई वर्षभित्र निर्माण सक्नेगरी पुल निर्माणको काम जारी छ । अधुरो रहेका स्थानमा ७५ मिटरको पुलको तीनवटा स्पन निर्माण भई ढलान भइसकेको छ । 

मोरङ र झापातर्फ २५ मिटर पुलको लम्बाइ थपिएको छ । रिटेनिङ वाल बनिसकेपछि पुल संचालनमा आउनेछ । २०८२ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने योजना छ । 

हालसम्म गौरीगन्जतिर ६५० र मोरङतर्फ १ हजार ४ सय मिटर तटबन्ध निर्माण भइसकेको छ । रतुवा खोलामा पहिलो पटक २०६४/६५ मा पुल निर्माणको ठेक्का लागेको थियो । पुल निर्माणको काम अवलोकन गर्न केही दिनअघि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की रतुवा पुगेका थिए । 

Ratuwa-9-1725764139.jpg

Ratuwa-8-1725764140.jpg

Ratuwa-7-1725764140.jpg

Ratuwa-2-1725764140.jpg

Ratuwa-3-1725764103.jpg

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro