site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा जनावरको सम्पर्कबिना नै बर्डफ्लुबाट संक्रमितको पहिलो घटना पुष्टि

वासिंटन । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट संक्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लु संक्रमण देखिएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्रअन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधि दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरी सकिएको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

प्रारम्भिक परीक्षणमा बिरामीको फ्लुको प्रकार शंकास्पद देखिएकाले यसलाई राज्य र संघीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ती बिरामीलाई यो एच–५ (बर्डफ्लु) भएको पुष्टि भएको छ ।

यो वर्ष अमेरिकामा बर्डफ्लुको संक्रमण पुष्टि हुने उनी १४औँ व्यक्ति थिए भने जनावरहरूसँगको सम्पर्कबिना बर् फ्लु पुष्टि हुने उनी पहिलो व्यक्ति थिए ।

“मिसौरीमा दूधका लागि पालिएका गाईहरूमा एच ५ संक्रमण रिपोर्ट गरिएको छैन,” मिसौरी स्वास्थ्य विभागले भनेको छ, “यद्यपि ‘व्यावसायिक वा घरको आँगनमा पालिने केही पंक्षीहरूको समूह वा जंगली चरा’हरूमा बर्डफ्लु संक्रमण भएको भने पुष्टि भएको छ ।

सन् २०२२ मा बर्डफ्लुका सबै घटनाहरू फार्मवर्कर्समा थिए, जसमा पहिलोपटक पनि समावेश थियो ।

बर्डफ्लु सबैभन्दा बढी जंगली चराचुरुंगी र कुखुरामा पाइन्छ, तर पछिल्लो समय स्तनधारी जनावरमा पनि देखिएको छ । यस वर्ष देशभर बर्डफ्लुको प्रकोप गाईवस्तुमा पनि देखिएको छ । रासस/एएफपी

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro