site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीबिनै चिलीविरुद्ध अर्जेन्टिनाको सहज जित

काठमाडौं । फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा साविक विजेता अर्जेन्टिनाले नियमित कप्तान लियोनल मेसीबिना नै चिलीविरुद्ध ३–० को सहज जित निकालेको छ । मेसीले चोटका कारण फिफाको सेप्टेम्बर विन्डो गुमाउने भएका हुन् ।

शुक्रबार मास मोनुमेन्टल रंगशालामा घरेलु टोली अर्जेन्टिनालाई जित दिलाउन म्याक एलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले गोल गरे । तीनै गोल दोस्रो हाफमा भएको थियो ।

Dabur Nepal
NIC Asia

खेलको ४८औँ मिनेटमा एलिस्टरको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो ।

निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा अल्भारेजले टोलीको अग्रता दोब्बर बनाए । उनले जियोभानी लो सोल्सोको पासलाई पोस्टको दिशा दिए ।

इन्जुरी समयमा अलेजान्ड्रो गार्नाचोले मिलाइदिएको पासलाई जाली चुमाउँदै डिबालाले अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए ।

जितसँगै दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले सात खेलबाट १८ अंक जोडेको छ । पराजित चिली समान खेलबाट पाँच अंकका साथ नवौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro