site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
बद्री पंगेनीलाई सिड्नीमा सम्मान

सिड्नी । गायक ब्रदी पंगेनीलाई अस्ट्रेलियाको सिड्नीमा सम्मान गरिएको छ । तिजको अवसर पारेर सांगीतीक कार्यक्रममा सहभागी हुन सिड्नी आइपुगेका पंगेनीलाई अस्ट्रेलियामा सम्मान गरिएको हो । 

सिड्नीको ग्रानभिलस्थित ‘फ्लेवर्स अफ नेपाल’ रेस्टुरेन्टले पंगेनीलाई खादा र कदर पत्रसहित सम्मान गरेको हो । एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल र आयोजक राजेस केसीले पंगेनीलाई सम्मान गरेका थिए ।  

कार्यक्रममा नेपाल अस्ट्रेलियन युथ एशोसिएसनका अध्यक्ष विपीन थापा, झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेती र एनआरएनए एनएसडब्लू सचिव कल्याण खड्कालगायत अन्य अतिथिहरूको उपस्थिति थियो । 

गायक पंगेनीले अस्ट्रेलियामा रहेका नेपालीको सांस्कृतिक कार्यक्रमप्रति अभूतपूर्व उत्साह देखिएको बताए । उनले भने, “यहाँ आएर कार्यक्रम गर्न पाउँदा नेपालमै भएको जस्तो लाग्यो ।”
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro