site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दिनभरको उतारचढावबीच नेप्से ६.९० अंकले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ६.९० अंकले बढेर बन्द भएको छ । दिनभरि नै धितोपत्र दोस्रो बजार कारोबारमा उतारचढाव देखिएको थियो । अन्तिममा बजार बढेर २८३०.१६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको धितोपत्र कारोबार भयो । सोमबार १३ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । निर्जीवन बिमा समूहको ४.७८, जीवन बिमाको २.२८, विकास बैंकको १.३२, होटेल तथा पर्यटनको ०.६५ र माइक्रोफाइनान्स समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको छ ।

परिसूचक सर्वाधिक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक १.५७ प्रतिशतले घटेको छ ।

सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । डोल्टीपावर कम्पनी र हिमालयन पावर पार्टनरको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ ।

मंगलबार १०६ कम्पनीको सेयर मूल्य बढेको छ । १३३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro