site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय भलिबल टिमका कप्तान जिनीले मधेस युनाइटेडबाट खेल्ने 

काठमाडौं । मधेस युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)का लागि आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ । 

जिनी मधेस युनाइटेडले ईडब्लूभीएलका लागि अनुबन्ध गरेको तेस्रो खेलाडी हुन् । मधेसले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ । 

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलोपटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग हुन लागेको हो । प्रतियोगिता आगामी असोज १४ देखि १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्डहलमा हुने तालिका छ । २८ वर्षीय भारतीय सेटर जिनी भारतीय राष्ट्रिय महिला भलिबल टिमकी कप्तान समेत हुन् । जिनीको आगमनले टिम अझ राम्रो र मजबुत हुने विश्वास मधेस युनाइटेडले लिएको छ । 

केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन् । जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभीसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् । 

जिनीले मधेस युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । “मैले यसअघि नेपाल आएर चारपटक खेलिसकेको छु । यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेस युनाइटेडबाट खेल्न आउँदैछु । म लिगलाई लिएर एकदमै उत्साहित छु । सबैलाई नेपालमै भेट्नेछु,” उनले भनिन् । 

मधेस युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले जिनीलाई टिममा स्वागत गर्दै तीन विदेशी खेलाडी घोषणापछि टिम अझ बलियो हुने बताइन् । जिनीको अनुबन्धपछि मधेस युनाइटेडमा खेलाडी संख्या ११ पुगेको छ । 

नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेस युनाइटेडको टिममा अहिलेसम्म आठ नेपाली र तीन विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ । मार्की प्लेअर निरुतासहित राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि मधेसको टिममा छन् । 

यस्तै, काभा यू–२० महिला च्याम्पियनसिप खेले यू–२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेस टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेस टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेसको टिममा छिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro