site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुन डीआईजीको खाता चेक गर्दैछ प्रहरी प्रधान कार्यालय, कति भेटियो शंकास्पद रकम ?

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले गएको बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उद्घाटन गर्दै भनेका थिए, “प्रहरी अधिकारी पारदर्शी हुनु जरुरी छ । एकजना डीआईजीको अस्वाभाविक आर्थिक अवस्था देखिएपछि, हामी खाता नै चेक गर्दैछौँ ।”

आईजीपी कुँवरले डीआईजीमाथि छानबिन भइरहेको जानकारी दिए पनि ती को हुन् भन्ने केही खुलाएका छैनन् ।  त्यसो त, अनुसन्धानकै क्रममा रहेका डीआईजीबारे संगठन प्रमुखले सार्वजनिक रुपमै दिएको उक्त अभिव्यक्तिमाथि अनेक प्रश्न उठेका छन् ।

प्रहरी प्रमुखले कारबाही गर्नुको साटो सार्वजनिक रुपमा बोल्दै पदीय मर्यादाको ख्याल नगरेको आरोप कतिपयले लगाएका छन् ।  पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्लले अनुसन्धानकै चरणमा रहेको कुरा सर्वजनिक रुपमा बोल्दा ख्याल गर्नुपर्ने बताए ।

उनले भने, “अनुसन्धानकै विषयमा सार्वजनिक रुपमा बोल्दा भोलि पुष्टि हुन नसके त्यसले आफैँप्रति प्रतिप्रश्न उठ्छ वा प्रभावमा परेर अनुसन्धान भएन भन्ने गलत सन्देश जान्छ ।” हाल जनपद प्रहरीतिर २० जना डीआईजीको दरबन्दी छ । त्यसमध्ये सात प्रदेश प्रहरी प्रमुखका रुममा खटिएका छन् । 

प्रहरी स्रोतका अनुसार, त्यसरी प्रदेश प्रमुख भएकामध्ये एक डीआईजीको आफन्तको खातामा अस्वभाविक रकम भेटिएको हो । स्रोतले भन्यो, “एक जना डीआईजीको श्रीमतीको खातामा पहिलो पटक नौ लाख ९९ हजार र अर्को पटक २५ लाख रुपैयाँ शंकास्पद जम्मा भएको देखिएको छ ।”

ती डीआईजीको श्रीमतीको नाममा घुमुवा प्रहरीले ‘कलेक्सन’ गरेको रकम जम्मा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । स्रोतले भन्यो, “तस्करी गर्ने समूहबाट रकम असुल गरेर तस्करीको धन्दामा सहयोग गरेको देखिन्छ । प्रहरीले आन्तरिक अनुसन्धान जारी राखेको छ । केही दिनभित्र थप कुरा खुल्छ ।”

प्रहरी प्रधान कार्यालयले ती डीआईजी मातहतका सादा पोसाकका प्रहरीमाथि समेत छानबिन थालेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro