site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सैनिकको चिहानमा फोटो खिचेको विवादमा ट्रम्पविरुद्ध कमला ह्यारिसको आलोचना

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् ।

ट्रम्पको चुनावी अभियानका क्रममा आर्लिंगटन नेसनल सेमट्रीमा भएको विवादपछि ह्यारिसले सैनिक चिहान राजनीति गर्ने ठाउँ नभएको भन्दै आलोचना गरेकी हुन् ।

ह्यारिसले शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पले राजनीतिक स्टन्टको लागि पवित्र भूमिको अपमान गरेको टिप्पणी गरेकी हुन् । ट्रम्प र ह्यारिस दुवै अमेरिकी राष्ट्रपतिको चुनावी प्रतिस्पर्धामा छन् ।

गत सोमबार उक्त सैन्य चिहानमा फोटो–भिडियो खिच्ने क्रममा ट्रम्पका एक कर्मचारीले चिहानका कर्मचारीलाई धक्का दिएको अमेरिकी सेनाले जनाएको छ । धक्का दिएको भनिएका कर्मचारीले त्यहाँ फोटो–भिडियो खिच्नेबारे चेतावनी दिइरहेका थिए ।

ट्रम्पको चुनावी अभियानले भने मृतक सैनिकका परिवारले नै फोटो खिच्न अनुमति दिएको र आग्रह गरेको बताएको छ ।

विवाद भएको ठाउँ सन् २०२१ मा राष्ट्रपति जो बाइडेन प्रशासनले नै अफगानिस्तानबाट सेना फिर्ता गर्दा ज्यान गुमाएका १३ सैनिकको सम्झनास्थल हो ।

ट्रम्पले नै पनि त्यहाँ आफुलाई फोटो खिच्न आग्रह गरेको बताएका छन् । ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले बाइडेन प्रशासनकै कमजोरीका कारण ती सैनिकले ज्यान गुमाएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro