site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिटीको जितमा हाल्यान्डको ह्याट्रिक

काठमाडौं । नर्वेजियन फरवार्ड एर्लिङ हाल्यान्डको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामविरुद्ध ३–१ को जित निकालेको छ ।

शनिबार वेस्ट ह्यामको मैदान लन्डन रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन तीनै गोल हाल्यान्डले गरे । घरेलु टिमले सिटीकै रक्षक रुवेन डियाजबाट आत्मघाति गोल उपहार पाएको थियो ।

खेलको १०औँ मिनेटमा हाल्यान्डले पहिलो गोल गर्दै सिटीलाई अग्रतामा राखे । तर, १९औँ मिनेटमा डियाजको आत्मघाति गोलमा वेस्ट ह्याम खेलमा फर्कियो ।

३०औँ मिनेटमा हाल्यान्डले दोस्रो गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको हो । यस्तै, खेलको निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा हाल्यान्डले ह्याट्रिक गरेपछि सिटीले ३–१ को जित पक्का गरेको हो ।

जारी सिजन सात गोल गरेको हाल्यान्डको यो दोस्रो ह्याट्रिक हो । उनले यसअघि इप्सविच टाउनविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए ।

जितसँगै तीन खेलबाट नौ अंक जोडेको साविक विजेता सिटी तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको वेस्ट ह्याम तालिकाको १४औँ स्थानमा छ ।

प्रिमियर लिगमा शनिबार नै भएका अन्य खेलमा एस्टन भिल्लाले लेस्टर सिटीविरुद्ध २–१ को र बर्नमाउथले एभर्टनविरुद्ध ३–२ को जित दर्ता गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro