site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खलील जिब्रानका दुई लघुकथा

नयाँ खुसी
बितेको रात मैले एउटा नयाँ खुसीको खोज गरेँ । जसै म यसको पहिलो परीक्षण गरिरहेको थिएँ, एक देवता र एक राक्षस मेरो घरतिर दौडेर आए । घरको ढोकामै ती दुवै एकार्कासँग भेटिए र नयाँ खोजी गरिएको मेरो खुसीलाई लिएर एकापसमा झगडा गर्न थाले ।

एउटा करायो, “यो अवैध हो ।”

“यो पूर्णतया वैध छ,” अर्को करायो ।

०००

कविता 
एकजना कविसँग मैले एकपटक भनेँ, “तिम्रो मृत्युभन्दाअघि म तिम्रा शब्दहरूको मूल्य थाहा पाउन सक्दिनँ ।”

उसले भन्यो, “ठिक भन्दै छौ । रहस्यहरूबाट मृत्युले मात्रै पर्दा उठाउन सक्छ । यदि, वास्तवमा तिमी मेरा बारेमा जान्न चाहन्छौ भने सुन, जति मैले भनिसकेको छु त्योभन्दा धेरै कविता मेरो हृदयमा छ र जति लेखिसकेको छु त्योभन्दा अधिक मेरो सोचाइमा छ ।”  

(‘हिन्दीसमय डटकम’बाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro