site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’मा कभर भिडियो बनाउन आग्रह

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्माणपक्षले गीत ‘छड्के सलाम’मा कभर भिडियो बनाउन आग्रह गरेको छ । उत्कृष्ट कभर भिडियो चलचित्रमा समावेश गरिने निर्माणपक्षले जनाएको छ ।

‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को कुनै पनि साउन्ड प्रयोग गरी ल्यान्डस्केप साइजमा कभर भिडियो बनाउनुपर्नेछ । भिडियो एचडी क्वालिटीको हुनुपर्ने छ । भिडियोलाई आफ्नो सामाजिक संजालमा पोस्ट गरेर उक्त भिडियो निर्माणपक्षलाई पठाउनुपर्नेछ । कभर भिडियो जुनसुकै उमेर समूहका व्यक्तिले बनाउन सक्ने निर्माणपक्षले जनाएको छ । 

यो गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्कालगायतले अभिनय गरेका छन् । 

चलचित्रमा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्टलगायतको अभिनय छ । 

चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान् निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

चलचित्र असोज १७ गतेबाट प्रदर्शनमा आउँदै छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro