site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी र सुदूरपश्चिममा कांग्रेस–एमालेको एकल सरकार चलाउने तयारी
SkywellSkywell

विराटनगर । कोसी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस–एमालेको एकल सरकार चलाउने सम्भावनाबारे छलफल सुरु भएको छ । कोसी प्रधानमन्त्री केपी ओली र सुदूरपश्चिम कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश हो ।  

कोसीमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्त भई कांग्रेसका कमलबहादुर शाहले विश्वासको मत लिइसकेका छन् । 

गठबन्धन फेरिएसँगै गत असार ३० मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसपछि पनि लामो समयसम्म कोसीमा माओवादीका मन्त्रीले सरकार छाडेका थिएनन् । तर, दुई दल सम्मिलित सरकार विस्तार हुने भएपछि साउन ११ गते तीन मन्त्री र एक राज्यमन्त्रीले मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका थिए । 

Dabur Nepal
NIC Asia

कोसीमा मन्त्रालय भागबन्डामा कांग्रेसमा विवाद रहेको र गुटगत मागका कारण समस्या सिर्जना भएको भन्ने बुझाइ छ । तर, कांग्रेस स्रोतका अनुसार दुई शीर्षस्थ नेताले आ–आफ्नो प्रदेशमा एकल सरकार बनाउन चाहेका छन् । यसबारे एक चरण छलफल समेत भइसकेको छ । “मन्त्रालय संख्या बढाएर मन्त्री थप गर्ने वा मौजुदा अवस्थामै एकल सरकार नेतृत्व गरेर जाने भन्ने टुंगो लाग्न बाँकी छ,” स्रोतको भनाइ छ ।

कोसीमा मन्त्रालय संख्या थप गरेर भए पनि कांग्रेसका कृष्णप्रसाद सिटौला समूहलाई एक, डा. शेखर कोइराला र संस्थापन समूहलाई दुई–दुई मन्त्रालय दिइनुपर्ने समूहगत माग छ । तर, मन्त्रालय फुटाएर थप गर्ने विषयमा मुख्यमन्त्री कार्की सकारात्मक छैनन् । उनले आफ्नो पहिलो कार्यकालमा घटाएको मन्त्रालय संख्या फेरि थप गर्न चाहेका छैनन् । कार्कीले पहिलो कार्यकाल सरकारको नेतृत्व गर्दा मन्त्रालय संख्या ११ बाट ९ मा झारेका थिए । 

“मन्त्रालय फुटाएर थप गर्ने भन्ने पक्षमा म छैन,” मुख्यमन्त्री कार्कीले भने, “कांग्रेसबाट मन्त्री बन्ने माननीय सांसदहरूको नामावली प्राप्त हुनासाथ सरकार विस्तार गर्ने तयारी छ ।” मुख्यमन्त्री कार्कीले कांग्रेसले नामावली नदिनुमा आन्तरिक कारण हुनसक्ने केही दिनअघि गरेको पत्रकार सम्मेलनमा बताएका थिए । 

कांग्रेसलाई चारवटा मन्त्रालयको जिम्मेवारी तोक्ने कार्कीको भनाइ छ । एमालेले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिएको छ । कोसीमा माओवादी सरकारबाट बाहिरिएपछि खाली भएका तीन र अर्को एक मन्त्रालय अहिले मुख्यमन्त्रीकै नेतृत्वमा छ । 

कोसीमा कांग्रेस सरकारमा जान भइरहेको ढिलाइबारे कांग्रेस संसदीय दलका नेता उद्धव थापाले ‘छलफल भइरहेको’ बताएका छन् । बाह्रखरीसँगको कुराकानीमा थापाले मन्त्रालयको भागबन्डा र मोडालिटीबारे शीर्षस्थ नेताहरूसँग छलफल गर्न आफू काठमाडौमा नै रहेको सुनाए । “सरकामा सामेल हुने मन्त्रीको नामावली एक–दुई दिनभित्रै टुंगो लाग्नेछ,” उनले भने । 

कोसीमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका कांग्रेसका केदार कार्कीलाई विस्थापन गरी एमालेका हिक्मत कार्की माओवादी केन्द्रका सांसदहरूको समर्थनमा त्यही उपधाराअनुसार गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । तर, संघीय गठबन्धन फेरबदल भएसँगै माओवादीले समर्थन कायम राखी कोसीमा सरकार छाडेको हो ।

“माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा अथवा एमाले नेतृत्वको एकल सरकार मात्र चलाउने निर्णय भए कांग्रेसले विश्वासको मत दिनेछ,” स्रोतले भन्यो, “कांग्रेसका महामन्त्रीद्वयको प्रतिवेदनमाथि निर्णय भई कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि प्रदेश सरकारको विषयमा सहमति हुन्छ ।” कोसीमा मन्त्री बन्ने दौडमा कांग्रेस संसदीय दलका २७ सांसदले इच्छा गरेका छन् । संसदीय दलमा २९ सांसद छन् ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu