site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मलाई गाली गरे सहन्छु, प्रणालीको अपमान सह्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् प्रणाली र संविधानभित्रबाट क्रियाकलाप गर्ने ठाउँ भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटअन्तर्गत प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यालय लगायतका सम्बन्धमा उठेको प्रश्नको जवाफ दिँदै संसद् कानुन नमान्ने थलो हुन नसक्ने बताए । 

उनले आफूलाई आलोचना गरे सहने भन्दै संविधान, प्रणालीमाथिको आलोचना सह्य नहुने धारणा राखे । “म आफूलाई कसैले आलोचना गरोस्, विरोध गरोस्, गाली गरोस् सहन्छु । तर, सहिदप्रतिको अपमान, सहिदले दिएको बलिदानप्रतिको अपमान, प्रणालीको अपमान, संविधानको अपमान सह्य हुन सक्दैन,” ओलीले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओलीले व्यवहारले देखाएको ठाउँमा प्रणाली मजबुत बनाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव राखे । “हामीले अपमानको प्रणाली व्यवहारिक रूपमा अझ प्रभावकारी बनाउने गरी संविधान संशोधन गरौँ । मनोवैज्ञाननिक ढंगले देशलाई विभाजित गर्ने गरी होइन,” उनले भने । 

संसद्‌मा छलफल गर्दा राष्ट्र र राष्ट्रियताका सवालमा गम्भीर बन्नुपर्ने बताए । हल्काफुल्का ढंगले टिप्पणी नगर्न आग्रह गरे ।

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्