site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विनियोजन विधेयक पारित

काठमाडौं । विनियोजन विधेयक, २०८२ बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बहुमतले विधेयक पारित गरेको हो ।

सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेक पारितको प्रस्ताव राखेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब नौ करोड र पुँजीगत चार खर्ब सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेट चालु आवको तुलनामा ५.६ प्रतिशतले बढी हो । यस्तै, संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी छ । 

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब छुट्याइएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च बेर्होर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदान ५३ अर्ब ४५ करोड बेहोर्दा पाँच खर्ब ९५ अर्ब न्यून हुनेछ । कम भएको बजेट पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब ३३ अर्ब जुटाइनेछ । थप अपुग तीन खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिनेछ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्